१० वर्ष कैद सुनाइएका मादीका क्षेत्री चार महिनापछि पक्राउ

पाेखरा | पुस १९, २०८०

१० वर्ष कैद सुनाइएका मादीका क्षेत्री  चार महिनापछि पक्राउ

पोखरा:   जिल्ला प्रहरी कार्यालय कास्कीले ज्यान सम्बन्धी मुद्धाका फरार व्यक्तिलाई प्रकाउ गरेको छ ।

 

कास्कीको मादी गाउँपालिका–६ घर भई पोखरा महानगरपालिका १३ काहुँखोला बस्ने ४४ वर्षीय कृष्णबहादुर क्षेत्रीलाई ज्यान सम्बन्धी मुद्धामा प्रहरीले प्रकाउ गरेको हो । 


जिल्ला अदालत कास्कीले गएको भदौ १८ गते क्षेत्रीलाई ज्यान सम्बन्धी कसूरमा १० वर्ष कैद र १ लाख ४ हजार रुपैयाँ जरिवना फैसला गरेको थियो ।

 

जिल्ला अदालत कास्कीले ज्यान सम्बन्धी कसूरमा गरेको फैसालाको ९ वर्ष ११ महिना १८ दिन कैद र १ लाख ४ हजार जरिवाना भुक्तान बाँकी रहेको समयमा प्रतिवादी क्षेत्री हालसम्म फरार थिए । 


ज्यान सम्बन्धी कसूरमा प्रकाउ परेका क्षेत्रीलाई जिल्ला अदालत कास्कीले कारागार चलान गर्न आदेश दिएको छ । 


 

काठमाडौं:  पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ ।  आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...

थप पढ्नुहोस्

पोखरा:   सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ ।    उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...

थप पढ्नुहोस्

काठमाडौं:  प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

थप पढ्नुहोस्